• ट्रेण्डिङ्ग :
साफ यू-२० च्याम्पियनसिप: नेपालले आज भारतसँग खेल्दै

साफ यू-२० च्याम्पियनसिप: नेपालले आज भारतसँग खेल्दै


  • 6.2K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    साफ यू-२० च्याम्पियनसिप: नेपालले आज भारतसँग खेल्दै

    काठमाडौंं, १५ साउन। भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार साँझ भारतलाई हराउन सके फाइनलमा स्थान बनाउनेछ । नेपाल दुई खेलबाट ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको बंगलादेशले तीन खेलबाट ९ अंक जोडेको छ ।

    images

    भारतको दुई खेलबाट ३ अंक छ । दुई खेल खेलेको मालदिभ्स र तीन खेल खेलेको श्रीलंकाले अंक जोड्न सकेका छैनन् । नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले हराएको थियो । पहिलो खेलमा बंगलादेशसँग २(१ गोलले पराजित भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० गोलले हराएर फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने भएकाले नेपालसँग पराजित भएको अवस्थामा भारत पहिलो चरणबाटै बाहिरिनेछ ।

    भारतले सन् २०१९ मा आयोजित साफ यू-१९ च्याम्पियनसिप जितेको थियो । नेपालले साफ यू-१९ च्याम्पियनसिप सन् २०१५ र २०१७ गरी दुईपटक जितेको छ । सन् २०१५ को संस्करणमा नेपालले फाइनलमा भारतलाई टाइब्रेकरमा हराएर उपाधि जितेको थियो । यो नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा २२ वर्षपछि हात पारेको पहिलो उपाधि थियो । नेपालले लगातार यो प्रतियोगिता जितेको थियो ।

    सन् २०१७ मा राउन्ड रोबिन लिगको पहिलो स्थानमा रहने टोलीलाई विजेता घोषणा गरिएको थियो । त्यतिबेला नेपालले भारतलाई २-० गोलले हराएको थियो । पहिलो खेलमा भूटानसँग १-० गोलले स्तब्ध भएको नेपालले त्यसपछि लगातार तीन खेल जितेर उपाधि हात पारेको थियो ।

    सन् २०१९ मा भने नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । यसपटक देखि यू-२० स्तरमा साफ च्याम्पियनसिप सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालका क्रितिशरत्न चुन्जू र मनज्ञ नकर्मीले दुई–दुई गोल गरेका छन् । दीपेश गुरुङ, आयुष घलान र सुगम सुवालको नाममा एक–एक गोल रहेको छ ।

  • सम्बन्धित विषय:

  • # साफ यू-२० च्याम्पियनसिप

  • तेस्रो आँखा
    लेखकबाट थप