काठमाडौं, १५ साउन। पछिल्लो समय प्रेम जस्तो पवित्र शब्दलाई बदनाम गर्ने गरी पैसा र सम्पतीका लागि फसाउनहरुको विगविगी भइ रहेको छ । फेसबुक तथा सामाजिक सञ्जालमार्फत् प्रेम प्रस्तावगरेर माया जालमा पारेर सम्पती हडपेर मायाको नाटक मञ्चन गर्नेहरुको बिगबिगी भएको हो ।
यस्तो काममा परिवारका सदस्य देखी योजनावद्ध तरिकाले काम गर्ने एउटा गिरोह नै सक्रिय रहेको छ । जो प्रेमको नाटक गरेर पैसा र सम्पती असुल्न पल्किएको छ । कतिपय पुरुष या महिला प्रेमको नाटकमा परेर केही वर्ष सँगै बसेर सम्पती हडपेका समेत घटनाहरु यत्रतत्र आइ रहेका छन् ।
कतिपय हनि ट्रयापिङको धन्दा नै चलाउने गिरोह सक्रिय रहेको छ । प्रहरीले यस्तो गतिविधिमा लाग्ने २ जनालाई गत हप्ता पक्राउ समेत गरेको छ । सामाजिक सञ्जालमार्फत् महिला परिचालन गरेर फोन आदानप्रदान गरी फसाई दिने धम्की दिई ब्ल्याकमेल गरी रकम असुल गर्न गिरोह नै संलग्न थियो । यस्तो कृयाकलापमा नाम चलेका केही व्यक्तिहरु हनि ट्रयापिङको शिकार भएका छन् ।
जापान देखि नेपाल आएर एकजना पुरुषलाई फसाउने महिलाको पर्दाफास भइसकेको छ । उनले पटक पटक विवाह गरी पुरुषहरुको सम्पत्ति नै हडपेको घटना खुलेपछि प्रहरीले पक्राऊ गरेर जेल पुर्याएको छ । ती महिलाले सामाजिक सञ्जालमार्फत् पुरुषलाई फसाउने गर्थिन् ।
पैसाका लागि एउटा गिरोहले नक्कली विवाह गरी युवकको बीमा गराई हत्या गरेको घटना खुलेको छ । नेपाल प्रहरीको सीआइबीले एक युवकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न शिकार बनाइएको रहस्य खोलेको हो । ती युवक थिए बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिक ।
सर्जनलाई डिपेन्डेन्ड भीसामा अष्ट्रेलिया लैजाने भनी संगठित गिरोहले सपना मल्लसँग नक्कली विवाह गराइदियो । कागजपत्र मिलाएर साँढे २ करोडको बीमा पनि गरायो । इच्छाइएको व्यक्ति सपना मल्ल राखेर राखेर रिलाएन्स इन्सुरेन्समा बीमा गराएको थियो । तर, युवकलाई बीमा गरेको ३७ दिनमै मिनिबसले किचेर हत्या गरियो । बीमा वापत्को रकम लिएर गिरोहले बाँडचुँड गर्यो । त्यसको खुलासा भयो ।
पैसाका लागि प्रेमको पवित्रतालाई धमिल्याउने विवाह गर्ने अनि केही महिनामै निहु खोजेर पारपाचुकेको बाटो रोज्ने महिलाहरुको गिरोह नै सक्रिय रहेको छ । यस्ता कृयाकलापमा सर्वसाधरण देखी प्रतिष्ठित व्यक्तिहरु सक्रीय भएर फसाउने गरेको पाइएको छ । यस्ता कार्यहरुले विवाह जस्तो पबित्रतालाई नै बदनाम गर्न थालिएको छ । नक्कली विवाह गरेर महिला या पुरुष जो कसैलाई फसाउने गिरोह सक्रिय भएका छन् भने कतिपयले परिवारका सदस्य सबै मिलेर समेत फसाइएका घटनाहरु बाहीरीएका छन् । कतिपय पुरूषहरूलाइ परिवारका सबै सदस्रय मिलेर सम्रपती हडपे पछि अनेकन बाहना गरेर छुटाइएका घटनाहरू पनि रहेका छन् ।
कुनै युवकसँग उनीहरुले पैसावाल युवक खोज्ने र विवाह गरेर सम्पत्ति दाबी गरी आफ्नो बाटो लाग्ने गरेका घटनाहरु धमाधम बाहीरीएका छन् । महिलाको सुन्दरतामा र मायाको नाटकमा परेर युवकहरु रित्तो हुने गरेका उदाहरण प्रसस्त छन् । उनीहरुसँग फसाउने शैली पनि हुने गरेको छ । जसका कारण युवकलाई समस्यामा नपरुञ्जेल युवतीको षड्यन्त्रको कुनै गन्ध पनि थाहा नपाइकन मेरो जस्तो असल श्रीमती त अरु कसैको छैन भनेर वयान गर्न सम्म भ्याइ रहेका हुन्छन् ।
