• ट्रेण्डिङ्ग :
अमेरिकाद्वारा युक्रेनलाई थप हतियार सहयोग

अमेरिकाद्वारा युक्रेनलाई थप हतियार सहयोग


  • 5.1K
    SHARES
    • श्रावण १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    अमेरिकाद्वारा युक्रेनलाई थप हतियार सहयोग

    काठमाडौं १७ साउन । अमेरिकाले रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराएको छ । ती हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।

    images

    ५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद छन् । त्यस्तै, तोपखानाका लागि गोला बारु सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।

    सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् । २४ फेब्रुअरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ ।


    यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई फर्काउन युक्रेनी सेनाले विभिन्न रणनीति अपनाएको छ ।

  • सम्बन्धित विषय:

  • # हतियार सहयोग

  • तेस्रो आँखा