चितवन, १७ साउन । पहिरो खसेर नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन् । गएरातिदेखि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोगेका छन् ।
नारायणगढ-मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका(२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । इच्छाकामना गाउँपालिका६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना- ३ कुरिनघाटमा बिहान पौने ९ बजेतिर खसेको पहिरो लोडर प्रयोग गरेर पन्छाउने काम भइरहेको भन्दै उनले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको बताए ।
लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ ।
