• ट्रेण्डिङ्ग :
पुरानै धारमा फर्कियो कोसी, उदयपुर, सुनसरी र सप्तरीका २५ सय घरधुरी प्रभावित हुनसक्ने

पुरानै धारमा फर्कियो कोसी, उदयपुर, सुनसरी र सप्तरीका २५ सय घरधुरी प्रभावित हुनसक्ने


  • 5.1K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    पुरानै धारमा फर्कियो कोसी, उदयपुर, सुनसरी र सप्तरीका २५ सय घरधुरी प्रभावित हुनसक्ने

    काठमाडौं । कोसी नदीको भँगालो उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पसेको छ । आज बिहान करिब ४ बजेबाट भँगालो बस्तीमा प्रवेश गरेको हो । उदयपुरको बेलका डुम्म्रिबोटे ८ नम्बर वडाबाट बाढीको भँगालो बस्तीमा पसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिए । 

    images

    उदयपुरकाे बेलकाको १,२,३, ८ र ९ नम्बर वडा बाढीबाट तत्काल प्रभावित हुने देखिएको  र यी बोहेक सप्तरी र सुनसरीका बस्ती पनि बाढी प्रवेश गरेको क्षेत्रमा ठूलो भू–भाग प्रभावित हुने देखिएकाे उनकाे भनाइ छ । उनका अनुसार पुरानो धारमा बाढी फर्किने हो भने करिब २५ सय घरधुरी बाढीबाट प्रभावित हुनेछन् । सप्तरी र सुनसरी दुुईवटै जिल्लाका प्रमुखलाई सचेत गराइदिन आग्रह गरिएको उनले जानकारी दिए । 

    बिहानको समय भएकाले हातहत हुनबाट जोगिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेको  प्रमुख जिल्ला अधिकारी यादवले बताए । उद्धारका लागि थप प्रहरी बल माग गरिएको छ  उनकाे भनाइ छ । हिले बस्ती सुरक्षित ठाउँतर्फ सार्ने काम भइरहेको उनले बताए । 

    वि।सं। २०४५ सालमा नदीले धार परिवर्तन गरेको थियो । पुनः ०४५ साल अगाडिकै धारमा नदी फर्किँदा बस्तीहरू प्रभावित भएका हुन् । ०४५ सालको भूकम्पका कारण नदीको धार परिवर्तन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा