• ट्रेण्डिङ्ग :
प्रजातन्त्र सेनानी वादेको निधन

प्रजातन्त्र सेनानी वादेको निधन


  • 5.9K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    प्रजातन्त्र सेनानी वादेको निधन

    काभ्रेपलाञ्चोक, १८ साउन। प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको नेपाली कांग्रेस वाग्मती प्रदेश महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र बादेले जानकारी दिए ।

    images

    स्वर्गीय बादेका २ छोरा र २ छोरी छन्  । दाजु राजदास बादेको संगतले राजनीतिमा लागेका गोपालदास महात्मा गान्धीको सानिध्यमा समेत बसेका थिए । तुलसीमेहर श्रेष्ठमार्फत उनी गान्धीको सम्पर्कमा पुगेका थिए ।

    कोलकातामा भएको नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिएका उनका दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका गोपालदास बादेको घर बीपी कोइराला, कृष्णप्रसाद भट्टराईका आश्रयस्थलसमेत थियो । सामाजिक काममा पनि उत्तिकै सक्रिय बादे परिवारको सहयोगमा बनेपामा शिर मेमोरियल अस्पताल स्थापना भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप