धनुषा, १८ साउन। धनुषाको मिथिला नगरपालिका– ५ विश्रामपुरस्थित कुलोमा एक युवकको शव फेला परेको छ । सनाखत हुन नसकेको अन्दाजी करिब ४० वर्षीय युवकको शव कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
गहुँगोरो वर्णको खैरो गन्जी र सुन्तला रङको कट्टु लगाएको तथा तराई मुलका जस्तो देखिने ती युवकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
