• ट्रेण्डिङ्ग :
पुल्चोकमा घरभित्र झुण्डिएको अवस्थामा एक जना फेला

पुल्चोकमा घरभित्र झुण्डिएको अवस्थामा एक जना फेला


  • 4.3K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    पुल्चोकमा घरभित्र झुण्डिएको अवस्थामा एक जना फेला

    काठमाडौं, १८ साउन। ललितपुरस्थित पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।

    images

    जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)अंगुर जिसीले उनी घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको बताए । ‘हिजोदेखि कोठामा चालचुल नभएपछि माथि बस्नेले ढोका ढक्ढक्याएछन्’ जिसीले भने, ‘तर नखोलेपछि प्रहरीलाई खबर आएको थियो ।’

    त्यसक्रममा सलमा झुण्डिएको अवस्थामा शव भेटिएको डीएसपी जिसीले बताए । उनकी पत्नीको कोभिड–१९ भाइरसका कारण मृत्यु भएको थियो । प्रहरीले उनको मृत्यु भएपछि आफन्तलाई बोलाएको छ । शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिनेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप