• ट्रेण्डिङ्ग :
भालुले मकै सखाप पार्न थालेपछि कृषक चिन्तित

भालुले मकै सखाप पार्न थालेपछि कृषक चिन्तित


  • 6.9K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    भालुले मकै सखाप पार्न थालेपछि कृषक चिन्तित

    सोलुखुम्बु १९ साउन । भालु आ’तंकका कारण सोलुदुधकुण्ड नगरपालिका ७ खोलाखर्कका कृषक आजित भएका छन् । मकै पाक्न सुरु भएसँगै सो क्षेत्रमा भालुको अत्यन्त विगविगी बढेको स्थानीय गणेश बहादुर खड्काले जानकारी दिए ।

    images

    उनका अनुसार खोलाखर्क क्षेत्रमा अन्य स्थानमा भन्दा चाँडो मकै पाक्ने भएकाले भालुको विगविगी छिटो सुरु भएको हो । करिब एक हप्ता यता रातैविच्छे भालुले मकै खाने गरेको कृषकले बताएका छन् ।


    वर्षभरी मेहनत गरेर लगाएको मकै वाली पाक्नै नपाई भालुको निसानामा पर्न थालेपछि कृषकलाई टाउको दुखाईको विषय बनेको स्थानीय यम बहादुर खड्काले बताए ।

    वर्षेनी भालुले अन्नवाली तथा मानिसलाई समेत आक्रमण गर्ने भएपछि सो क्षेत्रका वासिन्दा चिन्तित बनेका छन् । वन कार्यालयले प्रदान गरेको भालु धपाउने यन्त्र पड्काउदा समेत नभाग्ने गरेको उनीहरुको भनाई छ ।

    मकै खान आउने भालु वस्ती नजिकै बस्ने भएकाले दिउँसो हिँडडुल गर्न समेत त्रास सृजना भएको स्थानीय शुक्र बहादुर बस्नेतले बताए ।

    जिल्लाको तामाखानी, बेनी, जैदु, भित्ताखर्क, गार्मा, महाकुलुङ, माप्यदुधकोशीसहितका क्षेत्रमा भालुले दुःख दिने गरेको छ । भालुले कलिलो मकै मन पराउने भएकाले मकै पाक्न सुरु भएसँगै भालु आतंक समस्याको रुपमा देखा परेको छ ।

  • सम्बन्धित विषय:

  • # कृषक चिन्तित

  • तेस्रो आँखा