• ट्रेण्डिङ्ग :
ताइवान आसपासमा चीनद्वारा दुई वटा मिसाइल प्रक्षेपण

ताइवान आसपासमा चीनद्वारा दुई वटा मिसाइल प्रक्षेपण


  • 6.6K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    ताइवान आसपासमा चीनद्वारा दुई वटा मिसाइल प्रक्षेपण

    काठमाडौं, १९ साउन। ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ ।

    images

    यसबारे विस्तृत विवरण आउन बाँकी छ । अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

    अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।

  • सम्बन्धित विषय:

  • # चीन-अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप