• ट्रेण्डिङ्ग :
एसपीपी अस्वीकारबारे अमेरिकालाई लेखिएको पत्रसहित उपस्थित हुन परराष्ट्र मन्त्रीलाई समितिको निर्देशन

एसपीपी अस्वीकारबारे अमेरिकालाई लेखिएको पत्रसहित उपस्थित हुन परराष्ट्र मन्त्रीलाई समितिको निर्देशन


  • 6.9K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    एसपीपी अस्वीकारबारे अमेरिकालाई लेखिएको पत्रसहित उपस्थित हुन परराष्ट्र मन्त्रीलाई समितिको निर्देशन

    काठमाडौं, १९ साउन। संसदीय समितिले सरकारले रद्ध गरेको भनिएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) पत्र र अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ । 

    images

    बिहीबार संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्र मन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको हो ।

    समिति सभापति निरादेवी जैरुले सरोकारवालालाई तत्काल उपस्थित हुन निर्देशन दिएक हुन्।  उनले भनिन्, ’एसपीपी रद्द गरेको पत्र र अमेरिकी सरकारलाई पठाएको दस्तावेज समितिले अध्ययन गर्न खोजेको छ । परराष्ट्र मन्त्री, प्रधानसेनापति, रक्षा सचिवलाई दस्तावेजसहित उपस्थित हुन निर्देशन दिन्छु । ’

    यसअघि पनि समितिले परराष्ट्रमन्त्रीसहित सरोकारवालालाई पत्रसहित उपस्थित हुन निर्देशन दिएको थियो। तर, परराष्ट्रमन्त्रीले व्यस्तताका कारण उपस्थित हुन नसकेको समितिलाई जानकारी गराएका थिए।  

  • सम्बन्धित विषय:

  • # एसपीपी

  • तेस्रो आँखा
    लेखकबाट थप