• ट्रेण्डिङ्ग :
बाढी पीडितलाई सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ: परराष्ट्रमन्त्री खड्का

बाढी पीडितलाई सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ: परराष्ट्रमन्त्री खड्का


  • 4.8K
    SHARES
    • श्रावण २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    बाढी पीडितलाई सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ: परराष्ट्रमन्त्री खड्का

    उदयपुर, २० साउन । परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताए । 

    images

    बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोशी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हु्न् । 

    उनले बाढीका कारण हजारौं विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाध्ने काम सुरु हुने बताए । 

    कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्बसाधारण विस्थापित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री खड्का

  • तेस्रो आँखा