• ट्रेण्डिङ्ग :
दाेलखामा रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति

दाेलखामा रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति


  • 4.9K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    दाेलखामा रिचार्ज पोखरी फुट्दा १० भन्दा बढी घरमा क्षति

    दोलखा २३ साउन ।  दाेलखाकाे भीमेश्वर नगरपालिका–३ मा रहेको रिचार्ज पोखरी फुटेर आएको बाढीले १० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।

    images

    आइतबार परेको अविरल वर्षासँगै माथिल्लो क्षेत्रको खोरथली सामुदायिक वनमा रहेको रिचार्ज पोखरी फुटेर मऱ्याङ खोलामा आएको बाढीले भीमेश्वर नगरपालिका–२ र ३ का १० भन्दा बढी घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

    मऱ्याङ खोलाले कटान गरेपछि घरहरु जोखिममा परेका छन् । आइतबार राति बाढी आएलगत्तै स्थानीयले घर छाडेका थिए । बाढीले गरेको क्षतिको विस्तृत विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ ।

    यस्तै आइतबार रातिकै अविरल वर्षासँगै खसेको पहिरोले विगु गाउँपालिका-४ खोलिखिम बजारको दुईवटा घर पुरेको छ । २० भन्दा बढी घर जोखिममा परेका छन् भने लादुक-बलुङ सडक पहिराले बगाएको छ ।

    यसैगरी कालिञ्चोक गाउँपालिका(१ मा परिहोले सडक बगाएको वडाध्यक्ष पदम थामीले बताए ।

  • सम्बन्धित विषय:

  • # दाेलखामा

  • तेस्रो आँखा