• ट्रेण्डिङ्ग :
ब्राउनसुगरसहित झापामा एक जना पक्राउ

ब्राउनसुगरसहित झापामा एक जना पक्राउ


  • 4.0K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    ब्राउनसुगरसहित झापामा एक जना पक्राउ

    झापा , साउन २५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ११ बस्ने अन्दाजी ३५ वर्षिय लालबहादुर दर्जी रहेका छन् ।

    images

    हिजो साँझ ७।३० बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ११ स्थित चिया बगानमा शंकास्पद अवस्थामा हिडिरहेका दर्जीलाई चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजा फेला परेको थियो ।

    उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ब्राउनसुगरसहित झापाान एक जना पक्राउ

  • तेस्रो आँखा