• ट्रेण्डिङ्ग :
साकेलाका भूकम्पपीडितलाई राहत 

साकेलाका भूकम्पपीडितलाई राहत 


  • 5.0K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    साकेलाका भूकम्पपीडितलाई राहत 

    खोटाङ, २५ साउन  । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेका पीडितलाई राहत वितरण गरिएको छ । गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्णरुपमा क्षति पुगेका १४ परिवारलाई रेडक्रसले राहत प्रदान गरेको हो ।

    images

    पहिरो चरणमा भूकम्प पीडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट साडी, बुट्टे कपडा सेट, एक सेट भाँडाकुँडा, बाल्टी लगायतका बन्दोबस्तीका सामान प्रदान गरिएको हो । भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकासँगको सहकार्यमा बन्दोबस्तीका सामग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए । 

    भूकम्पबाट १४ घरमा पूर्ण र ४८१ घरमा आंशिक क्षति पुगेको साकेला गाउँपालिकाका भूकम्प फोकल पर्सन नासु सुवास राईले बताए ।

  • सम्बन्धित विषय:

  • # भूकम्पपीडितलाई राहत

  • तेस्रो आँखा