• ट्रेण्डिङ्ग :
जापानमा एकै दिन २ लाख ५० हजार संक्रमित, २५१ को मृत्यु

जापानमा एकै दिन २ लाख ५० हजार संक्रमित, २५१ को मृत्यु


  • 4.4K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    जापानमा एकै दिन २ लाख ५० हजार संक्रमित, २५१ को मृत्यु

    टोकियो ,२६ साउन। जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन  जनामा यो सङ्क्रमण देखिएको छ ।

    images

    जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए ।

    सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ। उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति तिब्र गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् ।

    यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ । जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप