• ट्रेण्डिङ्ग :
नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने


  • 6.4K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं, २६ साउन। नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज ११ गते नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल हुने निर्णय भएको जनाएको छ ।

    फिफा डेमा हुने उक्त खेलका लागि कुवेतमै रहेका राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीको नाम एन्फालाई पठाइसकेका छन् । जसमा यसअघि खेलाडी र प्रशिक्षकको विवादमा मुछिएङ्का १० मध्ये अन्जन विष्ट र तेज तामाङलाई पनि समावेश गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप