• ट्रेण्डिङ्ग :
अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो सेवा सुविधा विद्यालयलाई

अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो सेवा सुविधा विद्यालयलाई


  • 4.2K
    SHARES
    • श्रावण २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो सेवा सुविधा विद्यालयलाई

    गोरखा, २७ साउन। गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन्।

    images

    उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन्। ’मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए ’ उनले भने, ’यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ।’

    सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिए। सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन्।रासस


    तेस्रो आँखा
    लेखकबाट थप