काठमाडौं । आफूलाई बलात्कार गर्नेमाथि कारवाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै शुक्रबार शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतका पुराना निजी तस्बिरहरु नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा सार्वजनिक गरेक िछन् ।
तस्विरमा निहारिका आफ्नो ‘प्रेमी’ सँग देखिन्छिन्। उनी गर्भवती अवस्थामा पनि देखिन्छिन्। सामाजिक सञ्जालमार्फत करिश्माले तस्बिरहरु सेयर गर्दै आफूले नबुझी निहारिकालाई सहयोग गर्न अघि सरेको भन्दै माफीसमेत मागेकी छन्।
निहारिकाले आत्मदाहको प्रयास गरेको केही घण्टापछि नै करिश्माले निहारिका बलात्कृत होइनन् भन्ने आशय प्रकट गर्दै यी तस्बिरहरु सार्वजनिक गरेकी हुन् ।
‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगाबाहेक रुपैयाँको सहयोग गर्न म सक्दिनँ। निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढेँ’, करिश्माले लेखेकी छन्, ‘निहारिका १ आमा, बुवासँग माफी माग, बच्चालाई असर पर्छ, तिम्रो जीवनमा असर पर्छ। आफूलाई दुःख नदेऊ।’ न्यायको माग गर्दै अनसन बस्दै आएकी निहारिकालाई यसअघि करिश्माले छोरीका रुपमा लिँदै उनी र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको घोषणा गरेकी थिइन्।
