• ट्रेण्डिङ्ग :
गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या


  • 5.3K
    SHARES
    • श्रावण २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    गत वर्ष १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

    सिन्ह्वा, २८ साउन। गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ। राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो संख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ।

    images

    सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ।

    त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ। 


    तेस्रो आँखा
    लेखकबाट थप