• ट्रेण्डिङ्ग :
बसमा गोली चल्दा सात जना घाइते

बसमा गोली चल्दा सात जना घाइते


  • 4.7K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    बसमा गोली चल्दा सात जना घाइते

    जेरुसेलम, २९ साउन। जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएको प्रहरीले जनाएको छ । पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको थियो । रोकिएको बसमा गोली चलाएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । 

    images

    प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान जारी राखेको बताइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलालाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको बच्चा जन्माउन शल्यक्रिया गरिएको समाचारमा जनाइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप