• ट्रेण्डिङ्ग :
रुपन्देहीमा गोली चल्यो, एक जना युवक सिकिस्त 

रुपन्देहीमा गोली चल्यो, एक जना युवक सिकिस्त 


  • 4.9K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    रुपन्देहीमा गोली चल्यो, एक जना युवक सिकिस्त 

    काठमाडौँ । रुपन्देहीमा अज्ञात समूहले एक युवकलाई गोली प्रहार गरेको छ । ओमसतिया गाउँपालिका, ४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर विकास गुरुङ गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार राति सिद्धार्थनगर नगरपालिका, १ वेलहिया बस्ने ३१ वर्षीय गुरुङ घाइते भएका हुन् ।

    images

    रोहिणी गाँउपालिका, १ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब १२ बजे राति लुटपाट गरी भाग्दै गरेका उनीहरुले वसन्तपुरमा जम्काभेट भएका गुरुङलाई गोली प्रहार गरेका थिए । 

    लुटेराहरूले उक्त कटेजबाट २ तोला सुन र २५ हजार  नगद लुटेको हुन सक्ने प्रहरीले बताएको छ ।  घाइते गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # युवक सिकिस्त

  • तेस्रो आँखा