• ट्रेण्डिङ्ग :
युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै


  • 4.1K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
    काठमाडौं । संक्रमणकालीन न्यायको विषयलाई लिएर सशस्त्र  युद्ध पीडित समुदायले आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन । अपरान्ह ३ बजे बानेश्वरमा सो प्रर्दशन गरिन लागेको मानवअधिकारकर्मी कनकमणी दिक्षितले जानकारी दिएका छन ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै ल्याएको संक्रमणकालीन  न्यायसम्बन्धी बिद्येयकमा मानवअधिकार आयोगले समेत आपत्ति जनाईरहेको बेला सशस्त्र युद्ध पीडित समुदायले अपरान्ह काठमाडौंमा प्रर्दशन गर्न लागेका हुन् । 

    images

    ‘मानवअधिकार उल्लंघन’र ‘गम्भीर मानवअधिकार उल्लंघन’ को परिभाषा र वर्गीकरण मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन अनुरूप नभएको, मानवताविरुद्धको अपराध, युद्ध अपराध, सशस्त्र व्यक्ति, नि:शस्त्र व्यक्ति, बालसेना र जबर्जस्ती करणीको अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकूल पारिभाषा हुनुपर्नेलगायत माग राखेर युद्ध पीडितहरूले बिद्येयकमा पुनर्बिचार गर्नुपर्ने माग राख्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # काठमाडौंमा प्रदर्शन

  • तेस्रो आँखा