• ट्रेण्डिङ्ग :
खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका 

खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका 


  • 3.8K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुई वटा गोरुको कंकाल भेटिएको छ । रोपाई सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जीतबहादुर तामाङ र सरोज राईको एक÷एक वटा गोरुको कंकाल फेला परेको हो ।

    images

     स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग–अलग गरेको अवस्थामा गोरुको कंकाल फेला परेको हो । घुँडामुनिको छाला बाँकी छाडेर अन्य छाला काढेर हाडखोर छुट्याइएको अवस्थामा गोरुको कंकाल भेटिएकाले गोरु मारिएको आशंका गरिएको स्थानीय अग्नीप्रसाद राईले बताए । 

     हाडखोर गाइवस्तु पुग्न नसक्ने ठाउँमा भेटिएको हो । घट्नास्थल अवलोकन गर्दा गोरुको मासु लगेर हाड र छाला भीरबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । मासुका लागि गोरु मारिएको आशंकामा खर्चमा गाईवस्तु छाड्ने स्थानीय चिन्तित बनेका छन् । 

  • सम्बन्धित विषय:

  • # गोरुको कंकाल

  • तेस्रो आँखा