• ट्रेण्डिङ्ग :
काठ तस्करीमा माेटरसाइकल

काठ तस्करीमा माेटरसाइकल


  • 4.3K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    काठ  तस्करीमा माेटरसाइकल

    झापा । झापामा प्रहरीले अवैध काठसहित तीन वटा मोटरसाइलक नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा काठ राखेर तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरुलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेन ।

    images

    आइतवार दमक प्रहरीले राती ११ बजे दमक –३ बेलडागी स्थित प्र.१–०१–०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नं.को मोटरसाईकलमा सिसौं जातको ३ थान गोलिया अन्दाजी २६.०३ क्यु फिट लोड गरी लैजादै गर्दा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भेटेको थियो । प्रहरीलाई देख्नासाथ तस्करीमा संलग्नहरु मोटरसाइकल र गोलिया छोडेर भागेको झापा प्रहरीको भनाई छ ।

    उक्त काठ बरामद गरी आवश्यक कारवाहीका लागि आज इलाका वन कार्यालय बेलडाँगी दमकमा बुझाईएको र मोटरसाईकलहरु इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान शुरु गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # माेटरसाइकल

  • तेस्रो आँखा