• ट्रेण्डिङ्ग :
झापामा बैङ्किङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

झापामा बैङ्किङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ


  • 4.3K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    झापामा बैङ्किङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

    झापा । झापामा बैङ्किङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरेपनि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    images


    झापाको मेचीनगर नगरपालिका १० की ४० वर्षीया टीकामाया भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।


    उनका अनुसार उच्च अदालत विराटनगरको इलाम इजलासले भट्टराईलाई गत असार ८ गते दोषी ठहर गर्दै दुई दिन कैद र दुई लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    साथै अदालतले पीडित राहत कोषमा आठ हजार जम्मा गर्नुपर्ने फैसला पनि सुनाएको थियो । अदालतको फैसलापछि महिला फरार थिइन् ।

    पक्राउ परेकी उनलाई कैद सजायका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिवादी पक्राउ

  • तेस्रो आँखा