• ट्रेण्डिङ्ग :
भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु


  • 4.0K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    भेरी अस्पतालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

    काठमाडौं  । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। 

    images

    चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। 

    मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले खातुन र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन्।

  • सम्बन्धित विषय:

  • # जुम्ल्याहा बच्चाको मृत्यु

  • तेस्रो आँखा