इटहरी । बाँसघारीमा अनैतिक गतिविधि भएको भन्दै इटहरीको हरगढामा समुदायले मिलेर बाँस काटेपछि दुई पक्षबीच विवाद भएको छ ।
इटहरी-५ घरेलु अफिस भन्दा १०० मिटर उत्तरमा रहेको बाँसघारीमा युवाहरुले गाजाँ लगायतका नसालु पदार्थ खाने, हल्ला गर्ने कार्य गर्दै आएकाे भन्दै उक्त बाँसघारी हटाउन स्थानीयले पटकपटक आग्रह गर्दै आएका थिए । तर उक्त बाँसघारीको भोगचलन गर्दै आएका व्यक्तिले अटेर गरेको भन्दै स्थानीयले सोमबार बिहान् जम्मा भएर लगभग १०० भन्दा बढी बाँस काटेपछि विवाद भएको हो ।
स्थानीयले बाँस काटेपछि भोगचलन गर्ने व्यक्तिले प्रहरीलाई खबर गरेका थिए । प्रहरीआएपछि उक्त बाँस काट्ने कार्य रोकेर स्थानीयसँग छलफल भइरहेकाे स्थानीय रिजन अधिकारीले जानकारी दिए ।


