• ट्रेण्डिङ्ग :
 बिरामीलाई बलात्कार गरेको आरोपमा जेल परेका डाक्टरको मृत्यु

 बिरामीलाई बलात्कार गरेको आरोपमा जेल परेका डाक्टरको मृत्यु


  • 5.7K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

     बिरामीलाई बलात्कार गरेको आरोपमा जेल परेका डाक्टरको मृत्यु

    काठमाडौँ ।  अस्पतालमा आउने बिरामीलाई बलात्कार गरेको आरोपमा जेल परेका एक डाक्टर मृत फेला परेका छन् । डा।रिकार्डो क्रुसियानी न्युयोर्क शहरको जेलको नुहाउने क्षेत्रमा हिजो मृत भेटिएका हुन् । 

    images


    उनको मृत्युको कारण भने अझै खुलि नसकेको बताइन्छ । तर, प्रहरीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।  मृतक डा।क्रुसियानीलाई न्युयोर्क शहर, फिलाडेल्फिया र न्यु जर्सीका विभिन्न कार्यालयहरूमा आफ्ना बिरामीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप छ । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार छ जना महिलाले उनीविरुद्ध बलात्कार मुद्दामा उजुरी दिएका थिए । सोही उजुरीपछि भएको सुनुवाइमा उनीमाथि  यौन दुव्र्यवहार, बलात्कार र अन्य अपराधहरूमा जुलाई १२ मा न्युयोर्कको एक अदालतले दोषी ठहराएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # डाक्टरको मृत्यु

  • तेस्रो आँखा