काठमाडौं । चन्द्रमामा फेरि मानव लैजानका लागि विशाल रकेटको तयारी गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको हो । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको ’प्याड ३९बी’मा लगिएको छ । त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ । त्यो परीक्षण उडानमा चालकदलका कोही पनि सदस्य हुनेछैनन् । तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ । झन्डै सय मिटर अग्लो एसएलसलाई विशाल ट्याक्टरमा चढाएर प्याडसम्म लगिएको थियो ।
जडान गरिएको भवनबाट एसएलस रकेट स्थानीय समयानुसार मंगलवार राति झन्डै १० बजे उडेको थियो । त्यहाँबाट ६.७ किलोमिटर पर रहेको प्रक्षेपणस्थलसम्म पुग्दा बुधवार सूर्योदय भइसकेको थियो । यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण हो । आगामी डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो १७ अभियानको ५० औँ वार्षिकोत्सव मनाउन लागेको छ । नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ । नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मंगल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ । ओरिअनलाई युरोपेली सर्भिस मोड्युलले अन्तरिक्षतर्फ धकेल्नेछ । अराइअनलाई युरोपियन सर्भिस मोड्यूलले अन्तरिक्षमा पठाउनेछ । अपोलोको स्याटर्न भी रकेटको तुलनामा एसएलएसको प्याडबाट उड्ने बल १५ प्रतिशत बढी हुन्छ । त्यो अतिरिक्त बलले पृथ्वीभन्दा धेरै टाढासम्म अन्तरिक्षयात्रीहरूलाई पठाउन यानलाई सहयोग गर्नुका साथै थप समयसम्म अभियान सञ्चालन गर्न आवश्यक उपकरण र सरसामान लैजान पनि सघाउँछ ।
क्रू क्याप्स्यूल अर्थात् अन्तरिक्षयात्री बस्ने खण्डको पनि क्षमता बढाइएको छ । अराइअन भनिने उक्त क्याप्स्यूल अझ फराकिलो छ । सन् १९६० र ७० का ऐतिहासिक कम्यान्ड मोड्यूलको तुलनामा एक मिटर बढी फराकिलो रहेको अराइअनको चौडाइ पाँच मिटर छ । पहिलो आर्टमिस अभियानमा मानिस हुनेछैनन् । नासाले आफ्नो तेस्रो अभियानमा पहिलो पटक महिलाले चन्द्रमाको सतहमा पाइला टेक्ने जनाएको छ । एसएलएस प्रक्षेपणस्थलमा पुगेपछि इन्जिनियरहरूसँग त्यसलाई अन्तरिक्षमा पठाउने तरारी गर्न डेढ हप्ताको समय हुनेछ ।
प्रक्षेपणका लागि सम्भावित तीनवटा अवसर छन् । पहिलो मिति अगस्ट २९ सोमवारका लागि तय गरिएको छ। यदि प्राविधिक वा खराब मौसमका कारण रकेट त्यो दिन उडान हुन सकेन भने सेप्टेम्बर २ मा दोस्रो प्रयास गरिनेछ। कारणवश त्यसमा पनि रकेट प्रक्षेपण हुन सकेन भने सेप्टेम्बर ६ मा तेस्रो पटक प्रयास गरिनेछ। अहिलेको अभियानको लक्ष्य अराइअनलाई पृथ्वीमा फिर्ता ल्याउनुअघि चन्द्रमाको पछाडिपट्टि घुमाउनु रहेको छ ।
पृथ्वीमा आएपछि अराइअन क्यालिफोर्नियानजिकै प्रशान्त महासागरमा खस्नेछ । यो परीक्षण उडानको एउटा प्रमुख उद्देश्य सो क्याप्स्यूलको तापकवचको क्षमता जाँच्नुरहेको हो । पृथ्वीमा फर्किँदा क्याप्स्यूलले ताप सहन सक्छ कि सक्दैन भनेर वैज्ञानिकहरूले अध्ययन गर्नेछन् । उसले अराइअनको पृष्ठ भागमा रहने प्रपल्शन मोड्यूल उपलब्ध गराउनेछ । त्यो मोड्यूलले अराइअनलाई अन्तरिक्षमा अगाडि बढाउनेछ ।
नासाले एसएलएसको विकास गरिरहेको भए पनि अमेरिकी रकेट उद्यमी इलोन मस्कले अझ ठूलो त्यस्तो साधन आफ्नो टेक्ससस्थित केन्द्रमा निर्माण गराइरहेका छन् । उनले आफ्नो विशाल रकेटलाई स्टारशिप नाम दिएका छन्। त्यसले भविष्यमा आर्टमिस अभियानमा सहयोग गर्ने भनिएको छ । एसएलएसजस्तै स्टारशिपले पनि आफ्नो पहिलो उडान गर्न बाँकी छ । एसएलसीभन्दा फरक स्टारशिपलाई पूर्ण रूपमा पुर्नप्रयोग हुनेगरी तयार गरिएको छ र यो सञ्चालन गर्न तुलनात्मक रूपमा कम खर्च लाग्ने ठानिएको छ ।
नासाको कार्यक्रमको नियमन गर्ने अफिस अफ इन्स्पेक्टर जेनरलका अनुसार पहिला सञ्चालन गरिने चारवटा एसएलएस अभियानका प्रत्येक पटक चार अर्ब डलरभन्दा बढी खर्च लाग्नेछ । त्यो लागत ’दिगो’ नहुने पनि भनिएको छ। नासाले आफूले उद्योगहरूलाई ठेक्का दिने प्रणालीमा गरिएको परिवर्तनले भविष्यमा उत्पादन लागत उल्लेख्य रूपमा घटाउने जनाएको छ ।
नासाको कार्यक्रमको नियमन गर्ने अफिस अफ इन्स्पेक्टर जेनरलका अनुसार पहिला सञ्चालन गरिने चारवटा एसएलएस अभियानका प्रत्येक पटक चार अर्ब डलरभन्दा बढी खर्च लाग्नेछ । त्यो लागत ’दिगो’ नहुने पनि भनिएको छ । नासाले आफूले उद्योगहरूलाई ठेक्का दिने प्रणालीमा गरिएको परिवर्तनले भविष्यमा उत्पादन लागत उल्लेख्य रूपमा घटाउने जनाएको छ । –बीबीसी
