• ट्रेण्डिङ्ग :
५ हजार नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु, पारिश्रमिक ३ लाखसम्म

५ हजार नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु, पारिश्रमिक ३ लाखसम्म


  • 5.6K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    ५ हजार नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु, पारिश्रमिक ३ लाखसम्म

    काठमाडौं । केही महिनापछि जापानमा दक्ष तथा मापदण्ड पूरा भएका नेपाली कामदारहरू जान पाउने भएका छन् । करिब पाँच हजार नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया सुरु हुन लागेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

    images

    तर जापान पठाउने प्रक्रियाबारे अझै  केही अन्योल कायम रहेको तर त्यस्ता अन्योल हटाउने पहल सुरु गरिसकिएको जनाइएको छ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप-सचिव तथा तथा सहप्रवक्ता थानेश्वर भुसालका अनुसार जुन किसिमको समझदारी गरिएको छ,  त्यसमा केही प्रष्ट पार्नुपर्ने कुराहरू देखिएका छन् ।  त्यस्ता अन्योल हटाउनेबारे आवश्यक पहल सुरु गरेको भुसालले जनाएका छन् । 

    नेपालमा कोरियाकै जस्तो प्रणालीबाट अहिले जापानले भाषा तथा सीप परीक्षा लिइरहेको छ। उसले त्यसका लागि जापान फाउन्डेसनलाई जिम्मा दिएको छ। यद्यपि भाषा र सीप परीक्षा पास गरेका कामदारलाई व्यक्तिगत रूपमा, वैदेशिक रोजगार व्यवसायीसँगको साझेदारीमा वा सरकार-सरकारबीचको सम्झौताका आधारमा पठाउने भन्नेबारे अन्योल देखिएको छ।  तर भाषा र सीप परीक्षा पास गरेका करिब ८०० जति कामदार व्यक्तिगत पहलमै जापान गइसकेका छन् ।

    एसएसडब्लू जापानले सन् २०१९ को एप्रिल महिनादेखि सुरु गरेको कामदार भित्र्याउने प्रणाली हो ।  उक्त प्रणाली अन्तर्गत जापानमा निर्दिष्ट दक्षता भएका व्यक्तिहरूले सीमित समय बसोबासको अनुमति सहितको भिसा पाउने जापानी परराष्ट्र मन्त्रालयले जनाएको छ।   गैर आवासीय नेपाली सङ्घ जापानका  एक पदाधिकारीका अनुसार उक्त प्रणालीबाट जापान जाने नेपाली कामदारले न्यूनतम डेढ लाखदेखि तीन लाख नेपाली रुपैयाँसम्म मासिक पारिश्रमिक पाउन सक्छन्।

  • सम्बन्धित विषय:

  • # नेपाल अर्थ
  • # राेजगार
  • # वैदेशिक रोजगारी

  • तेस्रो आँखा