• ट्रेण्डिङ्ग :
नेपालमा पहिलाेपटक बालबालिकाका लागि नयाँ कदम, आमाको दूध संकलन गर्न 'मिल्क बैंङ्क'

नेपालमा पहिलाेपटक बालबालिकाका लागि नयाँ कदम, आमाको दूध संकलन गर्न 'मिल्क बैंङ्क'


  • 7.2K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    नेपालमा पहिलाेपटक बालबालिकाका लागि   नयाँ कदम, आमाको दूध संकलन गर्न   'मिल्क बैंङ्क'

    काठमाडौं । काठमाडौंको एक अस्पतालले  आमाको दूध संकलन गर्न एक  नयाँ अभियानको सुरुवात गरेको छ ।  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आमाको दूध जम्मा गर्न ‘मिल्क बैंक ’ सुरुवात गरेको हो । 

    images

    समयभन्दा अगाडि जन्मिएका बच्चा र जन्मिँदा शारीरिक अस्वस्थ भएका   शिशुलाई केन्द्रित  गर्दै  ‘मिल्क बैंक ’ सुरुवात गरेको हो । बच्चाहरूलाई अन्य दूध पचाउन गाह्रो हुने अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान सुरु गरेको अस्पतालले जनाएको छ । 

    जन्मिएपछि आमा गुमाएका वा आमाको दूध नआएमा बच्चाहरूका लागि ‘मिल्क बैंक’ मा राखिएको आमाको दूध उपयोगी हुने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रमुख बाल रोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले जनाइन् । 


    तेस्रो आँखा