• ट्रेण्डिङ्ग :
फिनल्यान्डका प्रधानमन्त्रीको मदिरा खाएर मस्ती गरेको फुटेज सार्वजनिक, विपक्षी दलद्वारा चर्को आलोचना

फिनल्यान्डका प्रधानमन्त्रीको मदिरा खाएर मस्ती गरेको फुटेज सार्वजनिक, विपक्षी दलद्वारा चर्को आलोचना


  • 6.1K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    फिनल्यान्डका प्रधानमन्त्रीको मदिरा खाएर मस्ती गरेको फुटेज सार्वजनिक, विपक्षी दलद्वारा चर्को आलोचना

    काठमाडौं ।  फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले आलोचनामा छिन् । मदिरापान गर्दै आफ्ना साथीभाइसँग रमाइरहेको भिडिओ चुहिएसँगै उनले आलोचना खेपिरहेकी छन् । सामाजिक सञ्जालबाट लिइएको ठानिएको फूटेजमा फिनल्यान्डका 'सेलेब्रिटीहरू' सहित आफ्ना साथीहरूसँग मरिनले नाचगान गरिरहेको देखिन्छ। खासगरी विपक्षी दलहरूले उनको आलोचना गरिरहेका छन् र एकजना नेताले त उनले लागुऔषध सेवन गरे / नगरेको समेत जाँच गरिनुपर्ने माग गरेका छन् ।

    images

    ३६ वर्षीय मरिनले लागु औषध लिएको अस्वीकार गरेकी छन् र आफूले रक्सी पिएको र चर्को पाराले रमाएको बताएकी छन् । केही अघिसम्म उनी विश्वकै कान्छी सरका प्रमुख थिइन्। आफू 'पार्टी' जाने कुरा मरिनले गोप्य राख्ने गरेकी छैनन् । उनले धेरैजसो साङ्गीतिक कार्यक्रममा फोटो खिचाएको पाइन्छ।  गत वर्ष उनले कोभिड-१९ सङ्क्रमितको सम्पर्कमा आएपछि समेत 'क्लब' गएको आलोचना भएपछि माफी मागेकी थिइन् ।

    जर्मन न्यूज आउटलेट बिल्डले गत हप्ता उनलाई संसारकै रमाइली प्रधानमन्त्री भनेको थियो।  बिहीवारको भिडिओबारे प्रतिक्रिया दिँदै उनले आफ्नो भिडिओ खिचिएको आफूले थाहा पाएको तर त्यसरी सार्वजनिक भएकोमा दुख लागेको बताइन् ।  'मैले नाचेँ गाएँ र रमाइलो (पार्टी) गरेँ। सबै वैधानिक कुरा नै हो,' उनले भनिन् । आफूले कहिल्यै अन्य कुरा (लागु औषध) सेवन नगरेको उनले बताइन् ।  मरिन ३४ वर्षको उमेरमा सन् २०१९ मा प्रधानमन्त्री बनेकी थिइन् ।  विपक्षी नेता रिक्का पुराले प्रधानमन्त्री मरिनले लागु औषध लिएकी हुन वा होइनन् भन्ने जाँच गर्नुपर्ने माग गरिन् 

    मरिनकै गठबन्धन सरकारमा रहेकी सांसद मिक्को कर्नले पनि प्रधानमन्त्रीले स्व: परीक्षण गर्नु  ठिक हुने बताए । मरिनले रिपोर्टरहरूलाई 'आफूले लागु औषध नलिएको' र 'लागु औषधको परीक्षण गर्न कुनै समस्या नरहेको' बताइन् । मरिनले भनिन्, 'मेरो पारिवारिक जीवन छ, मेरो कामको जीवन छ र मेरो उमेरका अरू मानिसहरू झैँ साथीहरूसँग बिताउने समय पनि छ।'

    आफ्नो व्यवहार परिवर्तन गर्न कुनै आवश्यकता नरहेको ठानेको उनले बताइन् । 'म अहिलेसम्म जस्ती छु त्यस्तै रहने छु र आशा छ मलाई त्यसैगरी स्वीकार गरिनेछ,' उनले भनिन् । फिनिस मिडिया यो भिडिओको व्यापक चर्चा भएको छ । तर अन्य विपक्षी दलका नेताहरूले सञ्चारमाध्यम र प्रधानमन्त्रीले अनेकौँ महत्त्वपूर्ण समस्याहरू हुँदाहुँदै पार्टीबारे कुराकानी गरेको भन्दै आलोचना गरेका छन् । 

    साना मरिन को हुन् ?

    सन् २०१९ मा उनको पार्टीले पूर्व नेता एन्टी रिनेको उत्तराधिकारीका रूपमा चुनेपछि उनी संसारकै कान्छी सरकार प्रमुख बनेकी थिइन् । उनको पारिवारिक पृष्ठभूमि सामान्य छ। उनका बाबुआमा उनी सानै छँदा छुट्टिएका थिए। र उनलाई उनकी एकल आमाले हुर्काएकी थिइन् । सन् २०१५ मा उनकी आमा समलैङ्गिक सम्बन्धमा हुँदा उनले भोग्नुपरेको दुर्व्यवहारबारे बोलेकी थिइन् । ट्याम्पीअर विश्वविद्यालयमा पढेपछि र स्थानीय सरकारमा काम गरेपछि २९ वर्षको उमेरमा उनी फिनल्यान्डको सांसद बनेकी थिइन् ।

    फिनल्यान्डको राजनीतिमा दखल राख्ने पत्रकार तथा मिडिया टिप्पणीकार रोबर्ट सन्डम्यानले बीबीसीलाई भने, 'सधैँ झैँ यस पटक पनि मरिले मानिसहरूलाई ध्रुविकृत गरिदिएकी छन् । त्यो उमेरका महिलाहरूले त्यसरी रमाइलो गर्नु स्वाभाविक हो भन्नेहरू छन् र कोही स्तब्ध भएका पनि छन् । के चाहिँ निश्चित हो भने यस अघिका पार्टी तस्बिर र अहिलेको फूटेजले पनि उनको वा उनको पार्टीको लोकप्रियता घटाएको छैन ।'


    तेस्रो आँखा