काठमाडौं । स्थानीय बासिन्दाले चाबहिल–साँखु सडक खण्ड बन्द गरेका छन् । आन्दोलनका क्रममा बन्द गराउने क्रममा आज (आइतबार) विहानैदेखि सवारी चल्न सकेका छैनन् ।
बिहान साढे ८ बजेदेखि चाबहिल–साँखु सडक खण्डमा एम्बुलेन्स र स्कुल बसलगायत अत्यावश्यक बाहेकका अन्य गाडी नचलेको जनाइएको छ । थलीमा शीघ्र सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरेका जनाइएको छ ।
चाबहिल–साँखु सडकखण्डमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याबाट स्थानीयबासीले सास्ती पाउने गरेका छन् । गत चैतमा सडक मर्मत गर्ने सहमतिपछि स्थानीयको आन्दोलन रोकिएको तर, फेरि सहमति अनुसारको काम नभएको भन्दै सडक अवरुद्ध गरेका हुन् ।
