• ट्रेण्डिङ्ग :
धारिलो हतियार प्रहारबाट एक महिला घाइते

धारिलो हतियार प्रहारबाट एक महिला घाइते


  • 4.6K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    धारिलो हतियार प्रहारबाट एक महिला घाइते
    नुवाकोट ।  नुवाकोटको तादीमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छन् । तादी गाउँपालिका-५ गोरे घर भएकी ५० वर्षीया दुर्गा न्यौपानेमाथि स्थानीय ४० वर्षीय शम्भु तामाङले आइतबार हँसिया प्रहार गर्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

    महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    images

    घाइते महिलालाई उपचारका लागि स्थानीय खरानीटार अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ । गम्भीर घाइते महिलाको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  

  • सम्बन्धित विषय:

  • # महिला घाइते

  • तेस्रो आँखा