• ट्रेण्डिङ्ग :
प्रहरी पोशाकमै मेलामा नाचेपछि सई साह कारबाहीमा

प्रहरी पोशाकमै मेलामा नाचेपछि सई साह कारबाहीमा


  • 4.5K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    प्रहरी पोशाकमै मेलामा नाचेपछि सई साह कारबाहीमा

    रौतहट  । कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा सुरक्षा दिन गएका एक प्रहरी नायब निरीक्षक नेपाल प्रहरीकै पोशाक लगाएर मेलामा आएका आर्केस्टा नाचमा अश्लील भोजपुरी गीतमा नाचेपछि कारबाहीमा परेका छन्।

    images

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा रौतहटको गढीमाई नगरपालिकामा लागेको मेलामा बर्दीमै आर्केस्टा नाचमा नाचेको भिडियो भाइरल बनेपछि उनी कारबाहीमा परेका हुन्।

    गढीमाई नगरपालिका ६ धरमपुरमा लागेको मेलामा नर्तकीहरुसँग स्टेजमा नाचेको भिडियो सार्वजनिक भएपछि सई राजकिशोर साह कारबाहीमा तानिएका छन्। हाल रौतहटको शिवनगरको प्रहरी चौकीमा कार्यरत रहेका सई साहको जिम्मेवारी खोसेर कारबाहीको प्रक्रिया अघि बढाइएको हो।

    रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार आफू मञ्चमा जानुभन्दा अघि दर्शकलाई मोबाईल बन्द गरेर राख्न र कुनै फोटो र भिडियो नखिच्न आदेश दिएका थिए। तर, स्टेजमा पुगेका सई साह नाच्ने क्रममा आफूलाई रोक्न नसकेर उत्तेजित भएका देखेर दर्शकले पनि भिडियो बनाएर समाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

    नेपाल प्रहरीकै पोशाकमा मञ्चमा पुगेका सई पदीय आचरण विपरीत सार्वजनिक स्थानमा नाचेका कारण उनीमाथि विभागीय कारबाहीको थप काम पनि अगाडि बढाइएको प्रवक्ता मल्लले जानकारी दिए।

    यता प्रत्यक्षदर्शी दर्शकका अनुसार स्टेजमा जानुपूर्व उनले अत्यधिक मदिरा सेवन गरेका थिए। 

  • सम्बन्धित विषय:

  • # कारबाहीमा

  • तेस्रो आँखा