• ट्रेण्डिङ्ग :
अफगानिस्तानको पक्तिया प्रान्तमा भीषण बाढी, १४ जनाको मृत्यु

अफगानिस्तानको पक्तिया प्रान्तमा भीषण बाढी, १४ जनाको मृत्यु


  • 4.8K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    अफगानिस्तानको पक्तिया प्रान्तमा भीषण बाढी,  १४ जनाको मृत्यु


     काबुल । अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आइतबार अबेर राति आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले सोमबार जनाएको छ । आइतबार राति प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण १४ जनाको ज्यान जानुको साथै १२ जना घाइते भएका राज्य सञ्चालित समाचार समितिले जानकारी दिएको छ ।

    images

    मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा र छ सय ७६ अन्य आंशिक रुपमा ध्वस्त भएका बख्तरले जानकारी दिएको छ ।  बाढीले यस प्रान्तमा एक हजार चार सय ३०  भन्दा बढी गाईवस्तुको ज्यान गएको र सयौं किलोमिटर सडक, असङ्ख्य सुरक्षाका पर्खालहरु, पुल र बाँधमा क्षति पुगेको बख्तर जनाएको छ ।  शनिबार पक्तियाको छिमेकी लोगार प्रान्तको खुशी जिल्लामा अचानक आएको बाढी र आँधीले १५ जनाको ज्यान गएको र नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अहमदउल्लाह अनासले पुष्टि गरेका छन्  । 


    तेस्रो आँखा