काठमाडौं । उच्च अदालत जनकपुरले कुमारी आमा निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार कुमारी आमा निहारिकाका छोरा र शिवराजको डीएनए परीक्षणका लागि आदेश दिएको हो ।
२०७८ फागुन १५ गते दर्ता गरिएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरले यस्तो आदेश दिएको हो । निहारिकाले न्यायको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएकी छन् ।
