• ट्रेण्डिङ्ग :
मानसिक सन्तुलन गुमाएकी ५० वर्षीया सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

मानसिक सन्तुलन गुमाएकी ५० वर्षीया सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ


  • 6.0K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    मानसिक सन्तुलन गुमाएकी ५० वर्षीया सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

    अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ  । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    images

    प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।  सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

    सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन् । उनका श्रीमान्समेत शारिरिक अपाङ्गता भएका व्यक्ति हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप