• ट्रेण्डिङ्ग :
अफगानिस्तानमा वर्षा र बाढी : एक महिनामा १८० भन्दा बढीको मृत्यु, ३ हजार घरमा क्षति

अफगानिस्तानमा वर्षा र बाढी : एक महिनामा १८० भन्दा बढीको मृत्यु, ३ हजार घरमा क्षति


  • 5.0K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    अफगानिस्तानमा वर्षा र बाढी : एक महिनामा १८० भन्दा बढीको मृत्यु, ३ हजार घरमा क्षति

    काबुल । अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । तीन हजार घरमा पूर्ण  क्षति भएको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले समाचारमा जनाएको छ ।

    images

    सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पूर्ववर्ती सरकारले पूर्वाधारको अव्यवस्थापन गरेका कारण क्षतिको परिमाण अस्वभाविक भएको बताएका छन् । मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यदि बाढी र क्षति बढ्दै गयो भने इस्लामिक इमिरेट्स अफ अफगानिस्तानसँग यी सबै कुराको सामना गर्न त्यति धेरै स्रोत छैन ।’

    धेरै प्रान्तमा भारी वर्षा भएको छ र देशको पूर्वी क्षेत्रमा बाढीको अत्यधिक असर परेको छ । विशेषगरी अफगानिस्थानका गरिब ग्रामीण क्षेत्रमा कमजोर संरचनामा निर्माण गरिएका घरहरू बाढीका कारण सजिलै ढल्न सक्छन् । मुसलधारे वर्षाका कारण हरेक वर्ष दर्जनौं अफगानीको मृत्यु हुने गरेको छ ।

    तालिवानले अफगानिस्तान कब्जा गरेपछि नै देश आर्थिक र मानवीय संकटमा फसेको छ, विदेशमा रहेको अर्बौंको सम्पत्ति रोक्का हुनुका साथै सहायता कोष कटौतीका कारण यो झनै विकराल बनेको छ । तालिबानले अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी मुस्लिम मुलुकहरूलाई बाढी पीडितहरूको आवश्यकता पूरा गर्न सरकारलाई सहयोग गर्न आह्वान गरेको छ ।