काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली टोलीले आज टी-२० अन्तर्राष्ट्रिय श्रृङखला घरेलु टिम केन्यासँग दोस्रो खेल खेल्दै छ ।
खेल नौरबी स्थित जिमखाना क्रिकेट मैदानमा पौने ४ बजे सुरु हुने छ । नेपाली टिम लगातार जितको लक्ष्यसहित मैदान उत्रिदै छ । केन्या भ्रमणमा रहेको नेपालले ५ खेलको टी–२० अन्तराष्ट्रिय र तीन खेलको एकदिवसिय खेल खेल्नेछ ।
तेस्रो खेल नेपालले भदौ १२ गते आइैतबार खेल्नेछ । यस्तै, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एकदिवसीय खेल खेल्नेछ ।
नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, सोमपाल कामी, करण केसी, आदिल अलाम, साहव आलम, बसिर अहमद, अर्जुन साउद, किसोर महत्तो, विवेक यादव
