• ट्रेण्डिङ्ग :
 विद्रोहीविरुद्ध नाइजेरियाली सेनाको आक्रमण तीब्र, ५७ जना मारिए

 विद्रोहीविरुद्ध नाइजेरियाली सेनाको आक्रमण तीब्र, ५७ जना मारिए


  • 4.3K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.6K Views

     विद्रोहीविरुद्ध  नाइजेरियाली सेनाको आक्रमण तीब्र, ५७ जना मारिए


    अबुजा । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतंकवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।

    images

    नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नी र योबेमा सो कारबाही गरिएको थियो । यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो ।

    उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाकु मारिएका हुन् । उनीहरुले बोर्नाे र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो ।

    त्यस कारबाहीका क्रममा यहाँका एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए ।उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नाे प्रान्तमा बोको हरामका लडाकाहरुको प्रभाव रहेको मानिन्छ ।