• ट्रेण्डिङ्ग :
पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा


  • 5.0K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ जनालाई नियन्त्रणमा लिइएको छ । 

    images

    यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ । 

    विमानतर्फ प्रस्थान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमति कागजात शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।

    नियन्त्रणमा लिइएकामा एक सय तीन महिला र ९४ जना पुरुष छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।