• ट्रेण्डिङ्ग :
जरेखेतमा ट्रक दुर्घटना, अगाडिको भागमा आगलागी

जरेखेतमा ट्रक दुर्घटना, अगाडिको भागमा आगलागी


  • 3.3K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.1K Views

    जरेखेतमा ट्रक दुर्घटना, अगाडिको भागमा आगलागी

    धादिङ । विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउदै गरेको ना.५ख ५९५५ नम्बरको ट्रक आज (आइतबार) बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका ६, जरेखेतमा दुर्घटना भएको छ ।

    images

    सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोलीसहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

    प्रनाउ रिमाललले भने, ‘प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।’ दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।