• ट्रेण्डिङ्ग :
लिबियामा भएको पछिल्लो झडपमा परेर १२ को मृत्यु, ८७ जना घाइते

लिबियामा भएको पछिल्लो झडपमा परेर १२ को मृत्यु, ८७ जना घाइते


  • 4.5K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    लिबियामा भएको पछिल्लो झडपमा परेर १२ को मृत्यु, ८७ जना घाइते

    त्रिपोल । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् ।

    images

    यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ । सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

    यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ । शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ ।

    सो आक्रमणको संयुक्त राष्ट्रसङ्घीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ । 

  • सम्बन्धित विषय:

  • # लिबिया

  • तेस्रो आँखा
    लेखकबाट थप