दाङ । रोट्रयाक्ट क्लब अफ दाङले शनिबार घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाँडामा वृक्षारोपण गरेको छ ।
क्लबका अध्यक्ष मिरा अधिकारीको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो । शिव पार्बती मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष दिपक श्रेष्ठ तथा प्रेस काउन्सिलका केन्द्रीय सदस्य सरद अधिकरिको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक समीर ओलिले गरेका थिए । उक्त कार्यक्रममा दाङ युवा मञ्च, द होप ट्रेनिङ सेन्टर र सहिद कृष्णसेन इच्छूक प्राबिधिक शिक्षालयका विद्यार्थीहरुको पनि उपस्थिति थियो ।
अतिरिक्त बिरुवाहरुलाई सदुपयोग गर्ने उद्देश्यले सोही वडाका विद्यालयहरु अर्किड इडेन इङलिस बोर्डिङ स्कुल र वातावरणीय आधारभूत विद्यालयमा पनि वृक्षारोपण गरिएको थियो । स्थानीय बासिन्दाहरूले वृक्षारोपणका लागि आवश्यक सामग्रीहरु प्रदान सहयोग गरेका थिए ।
