• ट्रेण्डिङ्ग :
तेस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट : केन्याले नेपाललाई १५७ रनको लक्ष्य दियो

तेस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट : केन्याले नेपाललाई १५७ रनको लक्ष्य दियो


  • 6.0K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    तेस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट : केन्याले नेपाललाई १५७ रनको लक्ष्य दियो

    काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो अन्तराष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा केन्याले नेपाललाई एक सय ५७ रनको विजयी लक्ष्य दिएको छ । 

    images

    नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक-एक विकेट लिए । 

    पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक-एक खेल जितेका छन् । नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि सोमवार र पाँचौँ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।