काठमाडौं । देशैभरि हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। देशैभरि आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
सोमबार दिउँसो (आज) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघर्जन\चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै देशभरि आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन÷चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन\चट्यांगसहित भारी वर्षाको सम्भावना रहेको छ । उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
आगामी चौबीस घण्टाको अवधिमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दैनिक जनजीवन\यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
