• ट्रेण्डिङ्ग :
राष्ट्रपतिबाट फर्काइएको नागरिकता विधेयकमाथि विधायन समितिमा छलफल जारी

राष्ट्रपतिबाट फर्काइएको नागरिकता विधेयकमाथि विधायन समितिमा छलफल जारी


  • 5.8K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    राष्ट्रपतिबाट फर्काइएको नागरिकता विधेयकमाथि विधायन समितिमा छलफल जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता  पठाएको नागरिकता विधेयकमाथि राष्ट्रियसभाले छलफलको लागि पठाएको विधायन व्यवस्थापन समितिमा  छलफल जारी छ ।

    images

    नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल जारी रहेको हो । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो ।

    राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी थिइन् ।

    प्रतिनिधिसभासले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको विधेयक हिजोको राष्ट्रियसभा बैठकले विधायन समितिमा पठाउने निर्णय गरेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक

  • तेस्रो आँखा
    लेखकबाट थप