• ट्रेण्डिङ्ग :
चौथो अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट : केन्यासँग टस हारेर बलिङ गर्दै नेपाल

चौथो अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट : केन्यासँग टस हारेर बलिङ गर्दै नेपाल


  • 5.2K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    चौथो अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट : केन्यासँग टस हारेर बलिङ गर्दै नेपाल

    काठमाडौं । केन्यासँगको चौथो अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नेपालले आज पनि पहिले बलिङ गर्दै छ । नैरोवीस्थित जिमखाना क्लब मैदानमा केन्याका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरेको हो । 

    images

    नेपालले यसअघिको तीनै खेलमा पहिले बलिङ गरेको छ । पाँच खेलको बलिङअन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले अगाडि छ ।आइतबार सम्पन्न तेस्रो खेलमा चार विकेटको विजय हासिल गरेपछि नेपालले २–१ को अग्रता लिएको हो । नेपाल पहिलो खेलमा पनि पाँच विकेटले विजयी भएको थियो ।

    दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । दोस्रो खेल हारेसँगै बलिङ अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यसहित केन्या पुगेको नेपाली टोलीलाई धक्का लागेको छ ।

    नेपाल र केन्याबीचको खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । घरेलु टोली केन्या आज शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । नेपाल भने एक खेलअगावै शृंखलामाथि पकड जमाउने लक्ष्यमा छ ।